०५ बैशाख २०८३ , शनिबार

भारतीय मुद्रा कमजोर भएसँगै नेपाली मुद्रा स्वतः कमजोर

साउन ३०, काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि स्वतः कमजोर बन्दै गएको छ ।

नेपालको अर्थतन्त्र कमजोर हुनाको साथै नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमयदर (फिक्स्ड पेग)  प्रणाली कार्यान्वयन भएका कारण यस्तो भएको हो । हाल भारु १०० को विनिमय दर नेरु १६० रुपैयाँ छ। डलरको तुलनामा भारु कमजोर हुँदै जाँदा नेपाली मुद्रा पनि कमजोर हुँदै गएको हो ।

 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११२ रुपैयाँ १४ पैसा बिक्रीदर रहने गरी विनिमय दर निर्धारण गरेको थियो । यस्तै गत वर्ष असार मसान्तमा यो दर १०२ रुपैयाँ २४ पैसामात्र थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *