०५ बैशाख २०८३ , शनिबार

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आज दिउँसोबाट सञ्चालनमा

साउन ३०, बैतडी । लगातारको वर्षाका कारण पहिरोले तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ ।

 

बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो ।

 

बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *