भिम लामा ÷ रामचन्द्र सुन्दास । फागुन १३, काठमाडौं कुमारी एकेडेमी (केब्स) बौद्धले ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
शनिवार एकेडेमीको आफ्नै प्राङ्गानमा विशेष कार्यक्रम गरि महोत्सव मनाएका हुन् । उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ साहित्यकार एवम् शिक्षासेवी बसन्त प्रकाश शर्मा नेपालले कुमारी एकेडेमीले ३१ औं बसन्त पार गरेर शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

उनले बोल्दै शैक्षिक क्षेत्रलाई अनुसशान र विद्यार्थीमैत्री वातावरण बनाउँदै विद्यार्थीको मनोविज्ञान तथा संवेदनशीलतालाई समेत ध्यानमा राखि शैक्षिक संस्थाहरु सञ्चालन गर्नुपर्ने बताए । शिक्षासेवी नेपालले भने–चेतनशील र जिम्मेवार नागरिक उत्पादनका लागि शिक्षामा जोड दिनु वर्तमान आवश्यकता रहेको उल्लेख गरे । नेपाली मौलिक मूल्यमान्यता, परम्परा र संस्कृतिको समेत ख्याल गरेर विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने भाव व्यक्त गरे ।
विद्यालयको शैक्षिक स्तरमा गुणस्तर वृद्धि गर्न हरेक वर्ष झै यसपटक पनि विद्यालयकै वार्षिक उत्सव पारेर अभिभावक दिवस समेत मनाएको सो विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद भट्टराईले जानकारी दिए । सो कार्यक्रममा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप तथा प्रतिभाहरुबीच प्रतियोगीता तथा पुरस्कार वितरण र विद्यालका वार्षिक गतिविधि समेटिएका कुमारी भिजन स्मारिक समेत विमोचन भएको प्रधानाध्यापक भट्टराई बताए ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रिन्सिपलहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरुको सहभागी रहेको थियो ।








