०३ बैशाख २०८३ , बिहिबार

ललितपुरको गोदावरी मानववस्तीमा सञ्चालित ईटाभट्टा तत्काल हटाउन स्थानीयको माग

चैत ८, ललितपुर । ईट्टाभट्टाको प्रदुषण केहि बर्ष अघिसम्म गोदावरी नगरपालिका पिकनीक मनाउन र चलचित्र र गीतसंगितको छाँयाकनको लागि उत्कृष्ट गन्तव्य मानिन्थयो । तर पछिल्लो समय यस क्षेत्रमा अवैध रुपमा संञ्चालीत दर्जनौ ईट्टाभट्टाको कारण स्थानीयको दैनिकी त विथोलीएकै छ नै घुम्न आउनेहरुले समेत नाक खुम्चयाउन थालेका छन् ।

ललितपुरको गोदावरी नगरपालीका भित्रका विभीन्न स्थानमा ऐनकानूनको धज्जी उडाउदै,अवैध रुपमा दर्जनौ ईट्टाभट्टा संञ्चालनमा रहेका छन् । त्यस ईट्टाभट्टाले मानव स्वास्थयमा गंम्भीर स्वास्थ्य समस्या सीर्जना गरिरहेको छ । ईट्टाभट्टावाट निस्कने कालो विषाक्त धुँवाका कारण यस क्षेत्रको सयौं रोपनी जग्गामा लगाईएको सुन्तलाका बोट मर्दा कृषक मारमा परेका छन् । १० ,१२ वर्ष अघिसम्म लाखौंको सुन्तला बेच्ने कृषकहरुको बगैचामा यतिखेर सुन्तलाका वोटहरु त छैनन नै बचेखुचेका ठुटा समेत देख्न मुश्किल छ ।

यतिमात्र हैन बस्ती नै थर्काउने गरि गुड्ने थोत्रा सवारीसाधनका कारण स्थानीयले ठूलै सास्ती भोग्दै आएका छन् । अनावश्यक रुपमा सवारीले बजाउने प्रेशर हर्नले बच्चा, बिरामी र बृद्धहरु ज्यादा मारमा छन् । मानववस्ती, विद्यालय, वनजंगल क्षेत्र आसपास ईट्टाभट्टा संञ्चालन गर्नुपर्ने नियम नरहेपनि नियमको धज्जी उडाउदै पछिल्लो १५ वर्ष देखि भट्टा चलिरहँदा समेत निर्वाचीत जनप्रतिनीधिले मौनता साँधेर बसेको बुभन गाह्रो छैन । बज्र एकेडेमीका शिक्षक उदित भट्टको भनाई छ ।

ईट्टाभट्टावाट उडेर आउने कालो धुँवाको कारण मुटु र दम रोग त बढाएकै छ सर्वसाधारण आँखा र छालाका समस्याले गस्रित छन् । हावा नचल्ने समयमा त सास नै फेर्न गाह्रो हुने गरेको छ । यस क्षेत्रमा सञ्चालानमा रहेको दर्जनौ बिद्यालयहरु समेत प्रदुषणको चपेटामा रहेको छ ।

त्यस्तै बज्र एकेडेमीकै शिक्षक भूपेन्द्र बिक्रम थापा भन्छन्– विहानको पहिलो पहरदेखि नै उच्च गतिमा बस्तीबीच भएर गुड्ने ईट्टा वोक्ने सवारले स्थानीयको निद्रा त खल्वलीएको छ नै सडक बटुवा र विद्यार्थीहरु समेत सवारी चालकको व्यवहारवाट आजीत छन् । विद्यालय र वस्ती क्षेत्रमा तीव्र गतिमा सवारी हुईकाँउदा दुर्घटना समेत बढ्ने जोखिम उतिकै रहेको छ । नेपालकै एक मात्र दक्षिणवाट उतर बग्ने कर्मनाशा खोलाको अस्तित्व समेत भट्टामा आश्रित मजदूरको लापरबाही र भट्टाको दोहनको कारण तस्वीरमा सीमित हुन पुगेको छ । वर्षौ पहिल्य धेरै प्रकारका चराचुरुगी पाईने बज्रवाराही प्राकृतिक तथा ध्रार्मिक वनमा बढ्दो प्रदुषणको कारण पशुपक्षीहरु समेत घट्दै गएको छ । शशिशेखर घिमिरेको रिर्पोट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *