०३ बैशाख २०८३ , बिहिबार

महामृत्युञ्जय शिव पाञ्चायन मन्दिरको मूर्ति अनावरण सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ हुने

काठमाडौं महानगरपालिका बौद्ध ६ सिमलटारमा नेपालकै पहिलो अष्टभुजाधारी महामृत्युञ्जय शिव पाञ्चायन मन्दिरको मूर्ति अनावरण सहयोगार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बैशाख २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा प्रखर युवा कथावाचक पं. विश्वराम न्यौपानेका मुखारविन्दबाट संगितमय कथावाचन हुनेछ । महामृत्युञ्जय मन्दिर निर्माण समितिका अध्यक्ष जयराम चालिसेले सामाजिक सर्वाङ्गिण विकास बैदिक सनातन धर्मको रक्षा, संस्कृतिको जर्गेना र महामृत्युञ्जय मन्दिर पर्यटकीय, धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए ।

त्यस्तै धर्म, संस्कृति, चाडपर्व, हिन्दुधर्ममाथि हुने प्रहार, विसंगति, कुसंस्कारको अन्त्य गर्ने र बैदिक सेवाको भावनाबाट अभिप्रेरित भई मन वचन र कर्मले अभियानमा समार्पित रहेर उक्त पवित्र महायज्ञ गर्न लागिएको अध्यक्ष चालिसेले बताए ।
विश्वभरका समस्त हिन्दूहरुको आस्थाको केन्द्रविन्दू गोकर्णेश्वर महादेव तथा बुढानिलकण्ठ नारायण स्थानको नामबाट नामाकरण गरिएको गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकालाई जोड्ने सबैभन्दा छोटो रुपमा अवस्थित प्राकृतिक विविधताबाट भरिपूर्ण पीपलको वृक्षमुनि ऐतिहासिक एवम् पौराणिक महत्वले परिचित त्यस मन्दिरमा सञ्चालन हुने महायज्ञमा सहभागी भई तन, मन, धन, वचन र कर्मले सहयोग गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मुल समितिका संयोजक श्रद्धेय प्रमुख कथावाचक पं. विश्वराम न्यौपानेले आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *