१६ जेठ २०८३ , शनिबार

वल्ड दरबार ह्वीस्कीमा लामखुट्टे फेला

फागुन २४, काठमाडौं । राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको छ ।

पसलबाट किनेर घरमा पुगेर खाने क्रममा आधि भाग पुग्दा उक्त मरेको लामखुट्टे तैरेर बसेको अवस्थामा फेला परेको भीम लिम्बुले बताए । अन्र्तराष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेलापछि कम्पनीलाई खबर गर्दा समेत वास्ता नगरी सेवनकर्ताले नै हलेको अशंका व्यक्त गरेको लिम्बुको भनाई छ । स्क्टल्याण्डबाट आएका आफ्ना दाजुसंगै सेवन गर्ने क्रममा सो ह्वीस्कीभित्र लामखुट्टे देखेपछि खान छाडेको उनले बताए ।

बलियो शीलभित्र कसरी लामखुट्टेको प्रवेश भयो भनेर अचम्मित भएका तिनीहरु ह्वीस्की उत्पादनकै कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । बाँकी भिडियो सहित अर्को फलोअपमा प्रकाशन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *