०३ बैशाख २०८३ , बिहिबार

नेपाल वादोरियो कराते टिम उपबिजेता बन्न सफल

बैशाख २१, काठमाडौं । भारतको राजस्थानमा भएको इण्डियन मार्सल आर्टस् सस्थान (इमास) एशियन कुमिते प्रतियोगितामा १० स्वर्ण र १ रजत सहित नेपाल टिम दोश्रो हुन सफल भएको छ।

नेपालका लागि ८० केजी तौल समुहमा चित्र प्रसाद श्रेष्ठ स्वर्ण, सागर चौलागाईं ६० केजी स्वर्ण, एलोन श्रेष्ठ ५५ केजी स्वर्ण, सुजन मल्ल ठकुरी ५० केजी रजत, साजन दोङ ४५ केजी स्वर्ण, कुईसाङ लामा ४० केजी स्वर्ण, युबराज पुरी ३५ केजी स्वर्ण, नबराज पुरी ३० केजी स्वर्ण, मिङमार लामा २५ केजी स्वर्ण त्यसैगरी महिला तर्फ सुस्मिता वाईवा ३५ केजी स्वर्ण, रमिता माझी ५० केजी स्वर्णले नेपालका लागि पदक दिलाएको थिए।

अप्रिल २८ र २९ मा चलेको उक्त प्रतियोगितामा ईरान, अफगानिस्तान, अमेरिका, भुटान लगायत १० देशका खेलाडीहरुको सहभागीता रहेको थियो। १२ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको आयोजक भारत प्रथम हुन सफल भएका थिए भने ४ स्वर्ण जितेको ईरान तेस्रो स्थान हासिल गरेका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै उक्त प्रतियोगीतामा सहभागी भएका नेपाली टोलिको टिम ब्यबस्थापक नेत्र भुजेल र निर्णायकमा पुरुषोत्तम पोखरेलले नेतृत्व गरेका थिए ।विजेता नेपाली कराते टोलि बिहीबार स्वदेश फिर्ता भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *