जेठ ३, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि गठन हुँदै गरेको नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय ‘केन्द्रीय कार्यालय’ निर्माण भएको छ ।

कार्यालयमा रहने ९ नेताको नाम र वरीयताको टुङ्गो लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।
नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता र बिष्णु पौडेललाई पार्टीको महासचिवको जिम्मेवारी दिने भएको छ।








