२० जेठ २०८३ , बुधबार

भुटानी शरणार्थी वृद्धवृद्धाको विजोग

जेठ ४, दमक । झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरका वृद्धवृद्धाको विजोग भएको छ । अधिकांश परिवारका सदस्य पुनर्वास कार्यक्रमअन्तर्गत पश्चिमा मुलुक गएकाले हेरचाह गर्ने मान्छे नभएपछि उनीहरूको अवस्था दयनीय बनेको हो ।

 

शिविर–२ सेक्टर ‘फोर’ हट नम्बर ४८ का ८४ वर्षीय श्रीनारायण प्रधानको बिहीबार निधन भयो । बिहान पौने ९ बजे निधन भएका उनको शव दिउँसो ३ बजेतिर मात्र अन्त्येष्टि गरियो  ।

 

४ छोराछोरीका अभिभावक प्रधानको शव घाटसम्म लैजान आफन्त कोही भएनन्  । स्थानीयले ठेलामा राखेर नजिकैको हम्सेदुम्से सामुदायिक वनमा पुर्‍याई अन्त्येष्टि गरिदिए  ।

 

६ महिनाअघि विष्णुकुमार घलेको अन्त्येष्टि पनि छिमेकीले नै गरेका थिए । दुई छोराछोरीका बुवा घलेको शव अटोरिक्सामा घाट पुर्‍याइएको थियो । उनको निधन हुँदा छोरी अस्ट्रेलियामा तथा छोरा सवारी दुर्घटनामा गम्भीर घाइते भई बिर्तामोडस्थित अस्पतालमा उपचाररत थिए ।

 

शरणार्थीमध्ये घर–परिवारसँग सम्बन्धविच्छेद भएका वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त र एकल महिलाहरू मर्नु न बाँच्नुको दोसाँधमा छन्  । निधन भएकाहरूको शव उठाउन आफन्तसम्म साथ छैनन्  । शिविरमै रहेका वृद्ध बुवाआमा बिरामले थलिएका खबर कान्तिपुरमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *