जेठ ५, काठमाडौँ । नेपाल प्रहरीका ५ डिआईजीको सरुवा गरिएको छ ।
अपराध अनुसन्धान ब्युरोमा रहेका डिआईजी पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ भने छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।
यस्तै महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालयका डिआईजी धिरू बस्नेतलाई अपराध भने अनुसन्धान विभाग सरूवा गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यी पाँच डिआइजीको सरुवा गरेका हुन् ।








