जेठ ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा नेताहरुका विगतका पार्टी मर्यादा हेरफेर हुने भएको छ ।

एकीकृत पार्टीमा नयाँ भूमिका र वरीयताक्रम तय हुँदै गर्दा कतिपय नेतालाई विगतमा भन्दा बढी प्रभावशाली स्थान मिल्नेछ भने कतिपय नेता भूमिकाका हिसाबले थप खुम्चिनुपर्नेछ ।
पार्टी घोषणाकै दिन गठित नेकपाको केन्द्रीय सचिवालयमा निर्धारित मर्यादा र तोकिएका जिम्मेवारीले त्यसको संकेत गरेको थियो ।
सचिवालयमा निर्धारित मर्यादाक्रम र जिम्मेवारीका कारण दुवै तत्कालीन पार्टीभित्र असन्तुष्टि छन् । तर पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डको निर्णयविरुद्ध कसैले आवाज मुखरित गर्न सकेका छैनन् । यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ ।








