०३ बैशाख २०८३ , बिहिबार

हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा

जेठ ६, काठमाडौँ । कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको छ । शनिबार भएके अन्तिम लिग खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै कोलकता प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो ।

यसअघि सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

 

लिगको १४ खेलपछि ८ खेलमा जित हात पारेको कोलकता तेस्रो स्थानमा छ । पछिल्ला ३ खेलमा लगातार हार बेहोरे पनि हैदरावाद १४ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा छ । हैदरावादले शीर्ष दुई स्थानमा रहेर प्लेअफअन्तर्गत पहिलो क्वालिफायर खेल्नेछ ।

 

हैदरावादले पहिलो स्थानमा लिग सकाए क्वालिफायरमा दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । अहिले चेन्नाई सुपर किंसग १३ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा छ । यदी चेन्नाईले अन्तिम खेलमा पञ्जावसँग पराजित भए हैदरावाद पहिलो र कोलकता दोस्रो हुँदै पहिलो क्वालिफायर खेल्नेछ ।

 

चेन्नाई राम्रो नतिजामा विजयी भए पहिलो स्थानमा पुग्नेछ र हैदरावादसँग क्वालिफायर खेल्नेछ । यस्तो भए कोलकताले तेस्रो स्थानमै यथावत रहनेछ र चौथो हुने टोलीसँग एलिमिनेसन खेल्नेछ ।

 

अब राजस्थान रोएल्स, मुम्बई इन्डियन्स र पञ्जावमध्ये एक टिम प्लेअफमा पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *