जेठ ८, काठमाडौ । नेकपा विप्लव समूहका कार्यकर्तालाई थुनामा राख्नु गैरकानुनी भएको भन्दै उच्च अदालत पाटनले सोमबार थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको खबर नागरिक दैनिकमा छ ।
यसअघि सर्वोच्च अदालतले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।








