०३ बैशाख २०८३ , बिहिबार

शिखर वार्ता तयारीका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

जेठ १४, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच हुन लागेको शिखर वार्ताको तयारीका लागि अमेरिकी अधिकारीको प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएको दुवैतर्फका अधिकारीहरूले जनाएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भनेका छन्— ‘अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।’ उनले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गरेका छन् । उनले भनेका छन्— ‘मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।’

 

यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ भएका छन्, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ— उनले भनेका छन् । तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन । तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *