साउन २८, काठमाडौँ । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा हतियार निशस्त्रीकरणसम्बन्धी सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सम्मेलन हुने सहमति भएको जनाइएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्याङमा सम्मेलन हुने बैठकपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।
तर, सम्मेलनको मिति भने तोकिएको छैन । कोरियाली शान्ति गाउँ पानमुनजोममा भएको बैठक पनि सौहार्दपूर्ण भएको विज्ञप्तिमा बताइएको छ । यदि सेप्टेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन प्योङयाङ गए भने दक्षिण कोरियाली राष्ट्रपतिका रुपमा एक दशकपछि राष्ट्रप्रमुखका रुपमा यो पहिलो भ्रमण हुनेछ ।
अझैसम्म उत्तर कोरियाले हतियार निशस्त्रीकरण गर्ने भनिए पनि नगरेकाले दक्षिण कोरियाले लगाउँदै आएको नाकाबन्दी भने हटाइएको छैन । तर, दुई कोरियाबीचको सम्बन्ध भने पछिल्लो समयमा सुधार आएको छ ।








