०३ बैशाख २०८३ , बिहिबार

धरहरा पुनर्निर्माण अन्योलमा

साउन २८, काठमाडौँ । टेन्डर प्रक्रियामा किचलो आएका कारण धरहरा पुननिर्माण नै अन्योलमा परेको समाचार नागरिक दैनिकमा छ ।

ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेको भन्दै रसुवा कन्ट्रक्सनका सञ्चालक सांसद् मोहन आर्चायले उजुरी हालेपछि किचलो भएको हो । यसले धरहराको पुनर्निर्माण समेत पछाडि धकेलिरहेको छ समाचारमा उल्लेख छ ।

 

यता प्राधिकरणको अध्ययन क्रममा भने फर्जी कागजपत्र नभेटिएको प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले बताए । साथै थप अनुसन्धान प्रधानमन्त्री कार्यालयले गर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *