जेठ १७, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए ।
जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको उनले बताए ।








