०३ बैशाख २०८३ , बिहिबार

सन्दिपले बटुले ४ रन, वेस्ट इन्डिज ७२ रनले विजयी

जेठ १८, लन्डन । हुरिक्यानबाट भत्किएको क्यारेबियन स्टेडियम पुन निर्माण सहयोगार्थ लर्ड्स मैदानमा विश्व ११ र वेस्ट इन्डिजबीच भएको टि–२० म्याच वेस्ट इन्डिजले ७२ रनले जितेको छ । उक्त खेलमा नेपालका युवा खेलाडी सन्दिप लामिछानेले १ ओभर बलिङ गरे भने ४ रन समेत जोडे ।

बिहीबार भएको खेलमा विश्व ११ ले टस जितेर पहिले फिल्डिङ गरेको थियो ।

 

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । उसका लागि ओपनर इभिन लेविसले सर्वाधिक ५८ रन जोडे । क्रिस गेलले १८ रन बनाउँदा आन्द्रे फ्लेचरले ७ रन मात्र बनाए । मार्लोन स्यामुएलले ४३, देनेस रामदिनले नटआउट ४४ र आन्द्रे रुसेलले २१ रन जोडे ।

जवाफमा २ सय रनको लक्ष्य पछ्याएको वल्र्ड ११ को सुरुवाती ब्याटिङ धरासायी भएको थियो । ओपनर तमिम इकवाल २ रनमा क्याच आउट भए भसँगै ल्युक रोची शून्य रनमै पेविलियन फर्किए । वल्र्ड ११ का थिसेरा परेराको ब्याटबाट सर्वाधिक ६१ रनको योगदान बाहेक अन्यको सम्झन लायक ब्याटिङ हुन सकेन । तर नेपाली युवा बलर सन्दिप लामिछानेले भने राम्रो अवसर पाए । बलर सन्दिपले अन्तिम क्रममा ५ बल खाएर ४ रन जोडे ।

 

१६.४ ओभरमा अल आउट भएको वल्र्ड ११ को विकेट लिने क्रममा वेस्ट इन्डिजका २८ वर्षीय केस्रिक विलियम्सले ३ विकेट लिए । त्यस्तै स्यामुएल बाद्रीले एक मेडन राख्दै २ विकेट लिए । आन्द्रे रुसेलको नाममा पनि २ विकेट नै रह्यो भने किमो पाउल र कार्लोल बार्थवेलको नाममा १÷१ विकेट रह्यो ।

 

यसअघि वल्र्ड ११ का तर्फबाट रसिद खानले २ विकेट लिए भने कप्तान सहिद अफ्रिदि र सोएव मलिकले १÷१ विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *