जेठ १८, काठमाडौँ । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदहरू आक्रोसित भएका छन् ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट विनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरेको खबर कान्तिपुर दैनिकमा छ ।








