जेठ १८, काठमाडौँ । अबदेखि सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग कुनै पनि नाममा शुल्क लिन नपाउने भएका छन् ।
सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको खबर नेपाल समाचारपत्रमा छ ।
उक्त विधेयकमा भनिएको छ– ‘आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यमिक तहसम्म अध्ययन गर्दा उनीहरुसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हुँदा निज वा निजको अभिभावकबाट भर्ना मासिक, वा अध्ययन शुल्क कुनै नाममा शुल्क दस्तुर, सहायता, चन्दा दान वा अनुदान लिन सकिने छैन ।’
उक्त विधेयक कानून आयोगद्वारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको बताइएको छ ।








