०३ बैशाख २०८३ , बिहिबार

विषालु सर्पले डस्दा एक किशोरीको मृत्यु

जेठ १७, लहान । विषालु सर्पले डस्दा सिरहाकी एक किशोरीको ज्यान गएको छ ।

 

कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले डस्दा कल्याणपुर नगरपालिका–६, भोक्राहाकी १६ वर्षीया अमिदा खातुनको मृत्यु भएको हो ।

 

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष मोतिबुल राइनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *