०३ बैशाख २०८३ , बिहिबार

चाल्र्स डार्विनको ‘ओरिजिन अफ स्पिसिज्’ नेपालीमा

जेठ १७, काठमाडौँ । ‘जातिहरूको उत्पत्ति’ नाममा वैज्ञानिक चाल्र्स डार्विनको चर्चित पुस्तक ‘ओरिजिन अफ स्पिसिज्’ को नेपाली अनुवाद हालसालै बजारमा आएको छ ।

सन् १८५९ मा पहिलोपटक प्रकाशित उक्त पुस्तकले तत्कालीन समयमा खलबली मच्चाएको थियो । ‘जीवहरूको उत्पत्ति दैवी शक्तिबाट नभई प्राकृतिक प्रक्रियाका रूपमा भएको हो’ भन्ने सिद्धान्तले तत्कालीन समाजमा उनले सास्ती खेप्नुपरेको थियो ।

 

डार्विनले लामो समयको अनुसन्धानपछि प्रकाशनमा ल्याएको उक्त पुस्तक रमेश सुनुवार र नारायण गिरीले नेपालीमा अनुवाद गरेका हुन् ।

 

प्रकाशक संस्था इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार भन्छन्– ‘वैज्ञानिक चिन्तनमा नयाँ धारको सुरुवात गर्ने पुस्तक नेपाली वाङ्मयमा नभएकाले अनुवाद गराएर प्रकाशन गरिएको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *