१५ जेठ २०८३ , शुक्रबार

धुर्मुस–सुन्तली फाउन्डेसनमाथि लाखौँ रकम असुलको आरोप

जेठ १७, काठमाडौँ । नेपाल सरकारले सुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनले लाखौँ रकम असुलेको गम्भीर आरोप लागेको छ ।

 

फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोप लागेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

 

धर्मुस सुन्तलीले भने सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको बताएका छन् ।

 

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको आरोपको खण्डन गर्दै धर्मुसले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *