जेठ १८, रोल्पा । रोल्पामा जेठ २० देखि २२ गतेसम्म हुने बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कविका कविता छनोटमा परेका छन् ।
यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् ।
यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल अधिकारी, अछामका लक्ष्मण संगम र वीरेन्द्र जैसी, रुकुम पूर्वका समीर गौतम, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी, पाल्पाका सुष्मा श्रेष्ठ र बाँकेका हेमन्त शिशिर रहेको मूल आयोजक समितिका संयोजक डिवी टुहुरोले जानकारी दिए ।
प्रतियोगिताका लागि १ सय १४ जनाले आवेदन दिएकोमा निर्णायक मण्डलले १५ जनाको कविता छनोट गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३५ हजार, पदक र प्रमाणपत्र, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार पाउने दुई जनालाई क्रमशः रु २५ हजार, रु २० हजार र रु १०÷१० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।








