०४ बैशाख २०८३ , शुक्रबार

मिक्लाजुङ गाउँपालिका खुल्ला दिसामुक्त एवम् पूर्ण खोपयुक्त घोषणा

जेठ १८, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र एवम् पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।

 

बिहीबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गरेका हुन् ।

 

मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गावि यसअघि नै खुला दिसामुक्त भइसकेका र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाविस तथा हालको मिक्लाजुङ वडा नं २, ३ र ४ का ६५ घरधुरीमा शौचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *