०३ बैशाख २०८३ , बिहिबार

नेपाल एक दिवसीय वरियतामा

जेठ १९, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई एक दिवसीय वरियतामा समावेश गरेको छ । शुक्रबारदेखि वरियतामा समावेश हुनेहरूमा नेपालसँगै स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएइ) र नेदरल्यान्ड रहेका छन् ।

 

गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

 

अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ ।

 

एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३ औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ । नेदरल्यान्डको १३ अंक छ भने नेपाल अंकविहीन छ । अब नेपाल र नेदरल्यान्डले पूर्ण वरियतामा पर्न एक दिवसीय खेल खेल्नुपर्नेछ ।

 

नेपाल र नेदरल्यान्डबीच आगामी अगस्त १ र ३ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने यसअघि नै तय भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *