जेठ १९, केभ । सन् २०१४ अप्रिल यता युक्रेनमा भएको द्वन्द्वमा परी २ सय ४० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् ।
युक्रेनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरी सो जानकारी दिएको हो ।
“द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भनेका छन् ।
द्वन्द्व युक्रेनको पूर्वी क्षेत्रमा चर्किएको छ । त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको छ ।








