२० जेठ २०८३ , बुधबार

७ वर्षपछि समाजवादी फोरमको सत्तारोहण

जेठ १९, काठमाडौँ । सात वर्षपछि संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । उसले ती सात वर्ष सत्ताबाहिर रहेर आन्दोलनमै बिताएको खबर आजको कान्तिपुरमा छ ।

२०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली नेतृत्वको सरकारमा आएको छ ।

 

समाजवादी फोरमका तर्फबाट यादवले उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकासमन्त्रीको सपथ शुक्रबार लिएका हुन् ।

 

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *