२० जेठ २०८३ , बुधबार

प्रमको चीन भ्रमणमा नयाँ सम्झौता भन्दा पूरानाको कार्यान्वयनमा जोड

जेठ १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नयाँ सम्झौता भन्दा पनि अघिल्लो भ्रमणमा गरिएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजाने सम्बन्धमा केन्द्रित हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आगामी असार ५ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि प्रधानमन्त्री हुँदा मार्च २०१६ मा चीनको भ्रमणका बेला नेपाल चीनबीच विभिन्न १० बुँदामा सम्झौता भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईका अनुसार भ्रमणमा पुराना सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा विशेष विस्तृत छलफल हुनेछ ।

 

प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा अन्तरदेशीय विद्युत प्रशारण लाइनको विस्तार गर्ने, नुवाकोटको बट्टारमा पेट्रोलियम पदार्थको भण्डारण केन्द्र निर्माण, केरुङदेखि काठमाडौंँ तथा पोखरा हुँदै लुम्बिनीसम्मको रेलवे विकास, किमाथाङ्कादेखि धनकुटाको हिलेसम्मको राजमार्ग निर्माण, पाँचखालमा सुख्खाबन्दरगाह निर्माण, सातै प्रदेशमा आपत्कालिन उद्धार केन्द्रको निर्माण र ठूला जलविद्युत आयोजनाका बारेमा छलफल गर्न तयारी भइरहेको डा. भट्टराइले बताए ।

 

भ्रमणका क्रममा कुन कुन विषयमा छलफल हुने भन्ने विषयमा परराष्ट्र मन्त्रालय र नेपाल स्थित चिनियाँ दूतावासबीच निरन्तर छलफल चलिरहेको पनि उनले बताएको खबर आजको गोरखापत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *