०३ बैशाख २०८३ , बिहिबार

इन्धनको मूल्य बढ्दा चौतर्फी असर, हवाई भाडामा २२० सम्म वृद्धि

जेठ २१, काठमाडौँ । नेपाल आयल निगमले इन्धको मूल्य वृद्धि गरेसँगै यसको चौतर्फी असर परेको खबर आजको कान्तिपुरमा छ ।

१५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो  ।

 

शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमशः गिरावट भए पनि सरकारले यहाँ बढाएको छ । यसले सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असर पर्ने विज्ञहरू बताउँछन् । निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ  । अधिकांश दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ ।

 

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्छ  । दुर्गमका सर्वसाधारणहरू महँगीको मारमा पर्ने अर्थविद् केशव आचार्य बताउँछन्  । ‘मूल्यवृद्धि हुँदा सरकारको साधारण खर्चदेखि दुर्गमका जिल्लामा महँगी बढाउँछ,’ आचार्यले भने, ‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारले अनुदान दिएर भए पनि मूल्य स्थिर राख्नुपर्छ  ।’

 

नेपाल आयातमा आधारित मुलुक हो  । अधिकांश खाद्यन्न आयातमै निर्भर छन्  । निगमले डिजेलको मूल्य ३ रुपैयाँ बढाएर प्रतिलिटर ९५ रुपैयाँ पु¥याइएको छ  । डिजेल भएको मूल्य वृद्धिले सार्वजनिक तथा ढुवानीको साधनमा तत्काल असर गर्छ  । खाद्यान्न, तरकारी लगायत अत्यावश्यक वस्तुको ढुवानीमा असर गर्छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *