०३ बैशाख २०८३ , बिहिबार

भारतद्वारा अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

जेठ २१, उडिसा । छिमेकी मुलुक भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।

भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान सफल परीक्षण गरिएको बताइएको छ ।

 

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्रायः भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो ।

 

अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैठौँ सफल परीक्षण हो । यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो । यो खबर नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *