०३ बैशाख २०८३ , बिहिबार

सुत्केरी विदा अब ९८ दिन !

जेठ २१, काठमाडौँ । अब महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले उक्त विदा पाउने भएका हुन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति विदा दिन प्रस्ताव गरिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

‘कुनै गर्भवतीलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त विदा पाउने व्यवस्था गर्नुपर्नेछ’, विधेयकमा भनिएको छ ।

 

भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाईएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पनि पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसुति स्याहार विदा पाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *