०४ बैशाख २०८३ , शुक्रबार

संघीय संसद नियमावली निर्माणको झमेलामा

जेठ २२, काठमाडौँ । ऐन कानून निर्माण गर्ने संघीय संसद आफ्नै नियमावली निर्माण झमेला परेको छ ।

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने–नहुने विवादमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा नियमावली बन्न ढिलाइ भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

 

२२ चैतमा नै संसदले नियमावली निर्माणका लागि एमाले सांसद् कृष्णभक्त पोखरेल नेतृत्वमा नियमावली मस्यौदा समिति बनाएको थियो ।

 

समितिले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनेगरी नियमावली मस्यौदा तयार पारेपछि त्यसमा कांग्रेस, राजपालगायत प्रतिपक्षी दलले असहमति जनाएका थिए ।

 

यसको असर संसदीय सुनुवाइ समिति गठनमा समेत परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *