जेठ २२, काठमाडौँ । केही दिनपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा वार्ता हुँदैछ । यी दुबै नेताको सुरक्षामा सिंगापुर प्रहरीमा रहेका गोरखाहरू खटिने भएका छन् ।

दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली लिएर आउनेछन् । तर सिंगापुर प्रहरीका गोरखाहरू वार्तास्थल, उनीहरू हिँड्ने सडक र बस्ने होटलको सुरक्षामा खटिने सिंगापुरले गर्ने अति विशिष्ट व्यक्तिको सुरक्षाबारे जानकार एक कुटनीतिज्ञले बताए ।
‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट उनीहरू नै हुन्’, इन्टरनेसनल इन्स्टिच्युसन फर स्ट्राटेजिक स्टडिजमा सिंगापुरको सशस्त्र प्रहरीका विज्ञ टिम हक्स्लेले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘म विश्वस्त छु, शिखर वार्तामा पनि उनीहरू खटिनेछन् ।’ साथै उनीहरू अग्रपंक्तिमा रहने मजबुद दस्ता पनि रहँदै आएको उनले बताएका छन् ।








