जेठ २३, काठमाडौँ । हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाई आधार मूल्य मानेर पूँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार ठप्प पारेको खबर आजको कारोबार दैनिकमा छ ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए ।
तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।








