जेठ २३, काठमाडौँ । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य नभएको सरकारी अध्ययनले देखाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखराको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको प्रतिवेदन तयार पारेको खबर आजको कारोबार दैनिकमा छ ।
पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।








