२० जेठ २०८३ , बुधबार

यस्ता छन् गृहमन्त्री थापाको सय दिनका उपलब्धीहरू

जेठ २४, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धीहरू बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य, सुन तस्कारीको जालो भत्काउन सफल हुनु, उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु हुनु आदिलाई प्रमुख उपलब्धी मानेका छन् ।

 

उनले भने, ‘यातायातसम्बद्ध समितिहरूको दर्ता र नवीकरण रोक्ने निर्णय गरियो, जसले लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य भयो ।’

 

उनले सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *