०३ बैशाख २०८३ , बिहिबार

१७ सय कर्मचारीलाई विभागीय कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

जे २४, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको खबर आजको नागरिक दैनिकमा छ ।

केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

 

कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *