जेठ २४, नुवाकोट । काठमाडौँको थ्रीस्टार क्लब नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप २०७५’ को फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा आयोजक टोली नुवाकोट ११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

थ्रीस्टारको जितमा अजय मार्टिनले दुई गोल, अजय धिमालले १ गोल र निराजन खड्काले १ गोल गरे । नुवाकोट ११ को तर्फबाट दिपेश श्रेष्ठले १ गोल फर्काए ।
जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा ‘हाम्रो पौरख हाम्रो शान, नुवाकोट गोल्डकप हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।








