जेठ २५, पर्सा । पर्सामा बिहीबार सर्पदंशबाट एक महिलाको ज्यान गएको छ ।
पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घर नजिकै सर्पले डसेको कलपति देवीलाई अस्पताल पु¥याउन ढिलाइ भएकाले उनको ज्यान गएको चिकित्सकले बताएका छन् ।








