०३ बैशाख २०८३ , बिहिबार

प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई जोड

जेठ २५, विराटनगर । अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

पुरानै ढर्राको बजेटले मुलुक नचल्ने भन्दै सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्नेमा अर्थशास्त्री डा. भेषप्रसाद धमलाको जोड रहेको छ ।उनले भने, “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।”

 

उनले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राखे ।

 

यस्तै कृषिकै माध्यमबाट छिटो जनताको जीवनस्तर उकासिने पर्यटन विज्ञ प्रा. डा. सोमनाथ खतिवडाको भनाइ छ । उनका अनुसार पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल — मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश नं १ मा पर्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् ।

 

प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि प्रदेशमा छ । यस आधारमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्छ । पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर तथा कोशी जलमार्गमा ¥याफ्टिङ पनि शुरु भएको छ ।

 

यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *