२० जेठ २०८३ , बुधबार

कांग्रेसको आन्तरिक कलह नटुंगिने छनक

जेठ २७, काठमाडौँ । कांग्रेसको आसन्न जिल्ला सभापति भेला सुरु हुनु एक साताअघिबाटै संस्थापन र संस्थापनइतर पक्षका जिल्ला नेताहरू आ–आफ्नो रणनीति तय गर्न जुटेका छन् । उनीहरू आफूपक्षीय केन्द्रीय नेताको परामर्शमा यस्तो रणनीति बनाउन सक्रिय भएका हुन् ।

प्रदेश ३ को राजधानी हेटौंडामा असार ५ देखि ७ सम्म जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै छ । भेलामा संस्थापनइतर पक्षीय सभापतिले नेतृत्वको कार्यशैलीदेखि फितलो प्रतिपक्षीय भूमिकालाई बैठकमा जोडदार ढंगले उठाउने तयारी गरेका छन् । त्यसैगरी संस्थापन पक्षीय सभापतिहरू नेतृत्वको बचाउमा लाग्ने तयारीमा छन् ।

 

आफैंभित्रको कलहका कारण प्रतिपक्षीय भूमिकासमेत प्रभावकारी निर्वाह गर्न नसकेको कांग्रेसले यो विवाद कहिले सल्टाउला ? कांग्रेस नेता शेखर कोइराला भन्छन्, ‘अहिले जुन खालको विवाद देखिएको छ, त्यसको निराकरण १४ औं महाधिवेशनअघि सम्भव देखिन्न ।’ नेतृत्व परिवर्तन नभएसम्म पार्टी सुधार नहुने कोइराला र संस्थापनइतर पक्षको निष्कर्ष छ । त्यही लक्ष्य प्राप्तिका लागि संस्थापनइतर पक्ष अहिले एक ठाउँमा उभिएको छ । उनीहरू समयमै नियमित महाधिवेशन गराउनुपर्ने पक्षमा रहेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *