२० जेठ २०८३ , बुधबार

पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

जेठ २७, काठमाडौँ । आजको राजधानी दैनिकमा छापिएको समाचार अनुसार पहिलो बैठक नबस्दै संसद् सचिवालयले नियमावलीको नियम उल्लङ्घन गरेको छ । प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै नियमावलीको नियम उल्लङ्घन भएको हो ।


प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची दिनेगरी बहुमतले पारित गरेको नियमावली पहिलो बैठकमै उल्लंघन भएको छ ।

 

शुक्रबार पारित भएको नियमावलीको नियम १२ मा दैनिक कार्यसूचीको विषय समेटिएको छ । नियम १२ को उपनियम १ मा सभामुखको निर्देशनअनुसार महासचिव वा उनको अनुपस्थितिमा सचिवले बैठकको कार्यसूची तयार गर्नुपर्ने उल्लेख छ ।

 

यस्तो कार्यसूची बैठक बस्नु एक दिनअघि नै सांसदहरु र संसदीय दलका कार्यालयहरुका उपलब्ध गराउनुपर्ने नियमावलीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *