०३ बैशाख २०८३ , बिहिबार

‘भुँडे सैनिक’ को बढुवा नहुने

जेठ २८, काठमाडौँ । अब भुँडे सैनिकको बढुवा निशेध हुने भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर भएअनुसार शान्ति मिसनबाट समेत यस्ता सैनिकको नाम हटाइने छ ।


मोटोपना र दुब्लोपना अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु वञ्चित हुनेछन् । सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्य स्थितिलाई दृष्टिगत गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ ।

 

कार्यविधिले आफ्नो स्वास्थ्य ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायम नगर्ने सैनिक अधिकारीहरुलाई नियमन गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *