जेठ २९, अछाम । अछाममा महिनावारी बार्न छाउगोठमा सुतेकी एक किशोरीको सर्पले डसेर ज्यान गएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी १८ वर्षीया पार्वती बुढाको शनिबार राती ज्यान गएको हो ।
छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको उनीसँगै सुतेकी साथी राधिका बुढाले बताइन् ।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइको परीक्षामा सामेल भएकी थिइन् ।








