जेठ २९, चितवन । सोमबार साँझ परेको मुसलधारे वर्षातका कारण नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राती ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो ।
बिहान ६ बजेदेखि भने डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा अझै समस्या रहेको छ ।








