०३ बैशाख २०८३ , बिहिबार

बजारमा खानै नहुने खाद्यवस्तु, मानव स्वास्थ्यमा गम्भीर असर पार्ने

जेठ २९, काठमाडौँ । बजारमा बिक्रीवितरण हुने खाद्यवस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटिएका छन् ।

केही दिनअघि मात्र प्रधानमन्त्री केपी ओलीले प्रदेश नं. ३ को प्रदेशसभा वैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नु नपर्ने भन्दै व्यङ्ग्य गरेका थिए । यो भनाइ बजारमा बिक्रीवितरण हुने अखाद्य वस्तुको विकृतिप्रति लक्षित थियो । माछामा प्रयोग गर्ने फर्मालिनले मानव स्वास्थ्यमा असर पु¥याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

नागरिक दैनिकका अनुसार प्रधानमन्त्री ओलीको भनाइले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्वित गरेको छ ।

 

नागरिक दैनिक लेख्छ– बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा उक्त तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो ।

 

बाबा तेलमात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरतीलगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ ।

 

गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *