०९ बैशाख २०८३ , बुधबार

ट्रम्प र किमबीच ऐतिहासिक शिखर वार्ता सुरु

जेठ २९, सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता सुरु भएको छ ।

उनीहरूबीच सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता भइरहेको छ । उनीहरूबीचको भेटवार्तालाई उच्च प्राथमिकतामा राखी सिंगापुर सरकारले भेटवार्ता हुने स्थानको सुरक्षा व्यवस्था कडा बनाएको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

 

ट्रम्पले वार्तालाई ‘मिसन अफ पिस’ अर्थात शान्तिको अभियान भनेका छन् । ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तिका लागि पहिलो खुड्किलो भएको बताइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *