०७ बैशाख २०८३ , सोमबार

ट्रम्प–किमबीच भएको बृहत् चारबुँदे सम्झौतासँगै दुई देशबीचको सम्बन्ध नयाँ युगमा

जेठ ३०, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता कि जोङ उनबीच भएको चारबुँदे बृहत् सम्झौतासँगै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ ।

एकआपसमा कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच पहिलोपटक मंगलबार सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो ।

अन्तर्राष्ट्रि समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै नागरिक दैनिकले ट्रम्प र किमबीचको बैठकपछि चारबुँदे बृहत् सम्झौतापत्रमा हस्ताक्षर भएको समाचार लेखेको छ । अमेरिका–उत्तर कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा दीर्घकालीन तथा मजबुत शासन स्थापना गर्ने विषयमा बृहत्, गहिरो र हार्दिकतापूर्ण विचार आदानप्रदान भएको ट्रम्प–किम बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सुरक्षा ग्यारेन्टीको प्रतिबद्धता गरेको र उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे आफ्नो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विज्ञप्तिलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

 

सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेल्ला रिसोर्टमा करिब ४० मिनेट अनुवादकसहित भएको ‘वान टु वान’ ट्रम्प–किम वार्तापछि दुवै नेताले आफ्ना प्रतिनिधिमण्डलसहितको बैठक गरेका थिए । बैठकपछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले बृहत् सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा भएको विवरण सुरुमा सार्वजनिक गरिएन । पछि ट्रम्प र किमले संयुक्त विज्ञप्तिमार्फत सम्झौता सार्वजनिक गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *