०४ बैशाख २०८३ , शुक्रबार

अरुण तेस्रोको प्रशासकीय कार्यालयलाई लक्षित गरी बम बिष्फोट

जेठ ३०, संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराती सकेट बम बिष्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी श्यामकुमार सारु मगरका अनुसार गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको थियो । उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने बताए ।

 

आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ । यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षति पुग्ने गरी बम बिष्फोट गराइएको थियो ।

 

अहिलेसम्म दुईवटै विस्फोटको जिम्मा कसैले लिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *